एनपिएल: काठमान्डुको विजयी सुरुवात

काठमाडाैं | मंसिर १, २०८२

एनपिएल: काठमान्डुको विजयी सुरुवात

पोखरा:   दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ । 


सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । काठमान्डुका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाए भने आकाश त्रिपाठीले ३९ रन जोडे । 


जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एकएक विकेट लिए । 


पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा छ विकेट गुमाएर १३० रन बनाएको थियो ।


जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाए । यस्तै,  मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए। लाहिरु मिलन्था सात रनमा आउट भए । 


काठमान्डु गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक÷एक विकेट लिए । 


एनपिएलको दोस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् । 

पोखरा:    आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् ।   पो...

थप पढ्नुहोस्

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेख...

थप पढ्नुहोस्

पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताम...

थप पढ्नुहोस्